Websoft University

सिरहालाई पराजित गर्दै मोरङ इक्युवालिटि कपको समुह विजेता


विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ ।  

 नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई १० विकेटले पराजित गरि लिगको तीनै खेलमा जित हात पार्दै समुह विजेता बनेको हो । दुवै टिम यस अघि र्नै फाइनलमा प्रवेश गरेको हो ।  

 टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा  १९ दशमलव ५ बलमा सर्वै विकेट गुमाई ७६ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी चन्दीका साहले १२ रन बनाउँनु बाहेक अरु ब्याटरले  दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी वुमन अफ द म्याच सृजना राजवंशीले  सर्वाधिके ३ विकेट लिइन् ।

 ७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ७ दशमलव २ बलमा विना विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी कप्तान सानु राजवंशीले ३९ रनमा नटआउट हुँदा पुर्णीमा राजवंशी १९ रनमा नटआउट भइन् ।

 यस अघि भएको पहिलो खेलमा एमसिसि–११ ले मधेश प्रदेशको सप्तरीलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ ।

 टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभर खेलमा  १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ४ रनको स्कोर बनाएको थियो । सज्तरीकी मन्जु रामले नटआउट १४ रन शाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छन् सकेनन् । एमसिसिकी वुमन अफ द म्याच रचना चौधरीले ४ लिँदा एलिना गोतामे र चान्दनी यादनले २–२ विकेट लिइन् ।

 १ सय ५ रनको लक्ष्य पछ्याएको एमसिसिले  ११ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एमसिसिकीचान्दनी यादवले नटआउट १८ रन बनाउँदा रिया तामाङले १७ रन र रचना चौधरीले नटआउट१४ रन बनाइन् । एमसिसिको दुवै विकेट रनआउटबाटभएकोहो ।

 फाल्गुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

 लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलमा पुग्ने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.