Websoft University

संघमा योग प्रशिक्षण कार्यक्रम सम्पन्न


बिराटनगर | मोरंग व्यापार संघको महिला उद्यम समितिले पतंजलि योग महानगर समिति, विराटनगरको सहकार्यमा ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी संचालन गरेको योग प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक एवं योगापीस संस्थान, जयपुर, भारतका संस्थापक योगाचार्य ढाकाराम सापकोटाबाट योग प्रशिक्षण गराउने उद्देश्यले संघको महिला उद्यम समितिकी संयोजक श्रीमती बन्दना जैनले विशेष गरी उद्योगीरव्यवसायीहरुलाई लक्षित गरी उक्त प्रशिक्षण कार्यक्रम संचालन गराउनु भएको थियो । 


संघको महिला उद्यम समितिकी सचिव श्रीमति साधना झाज्यूले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व संघका वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीले गर्नु भएको थियो । साथै, कार्यक्रममा संघको महिला उद्यम समितिकी संयोजक श्रीमती बन्दना जैनले स्वागत मन्तव्य दिनु भएको थियो भने पतंजलि योग महानगर समितिका महासचिव श्री राजुचन्द्र दाहालले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । त्यस पश्चात् योगाचार्य ढाकाराम सापकोटाले आफ्नो प्रस्तुति दिनु भई दैनिक जीवनलाई सन्तुलित राख्न आवश्यक योगहरुको प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा संघका सचिव श्री संजय श्रेष्ठ सहित कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, उद्योगीरव्यवसायीहरु, समाजसेवीहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.