Websoft University

सात प्राध्यापक सम्मानित


बिराटनगर २०७९ फागुन ११ फागुन | रातो तारा डट कम, महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ,  रामकुमार थापा,  डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र  जयकुमार महतो छन् ।

दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो ।

सम्मानित डा चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन,  रामकुमार थापा बजारशास्त्र,  डा सुवेदी– वित्तशास्त्र,संग्रौला अर्थशास्त्र  र  डा सापकोटा– लेखाशास्त्रका अध्यक्ष हुन्् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् । उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरेका हुन् । 

सो अवसरमा बोल्दै सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतको आधारमा नियुक्ति गरिएका नया“ प्रमुखहरुले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाकोअभाव रहेको बताउ“दै नया“ भवन बनाउनुपर्नेमाजोड दिए ।

सो अवसरमा पूर्व सहपरीक्षा नियन्त्रकद्वय डा उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धीरज आचार्य, सहप्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत  विनोद कामतले  शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बा“की नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमासम्पन्नभएको थियो ।


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.