Websoft University

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न महानगरवासीलाई मेयर कोइरालाको आह्वान


विराटनगर फागुन ११ गते |हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् ।


विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिए । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले यस्तो आह्वान गरेका हुन् । “सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्नु जरुरी छ,” मेयर कोइरालाले भने, “त्यसका लागि औषधि खान मिल्ने सबै उमेर समूहका व्यक्तिहरूलाई खान अपिल गर्दछु ।”

औषधि सेवनले मात्रै हात्तीपाइले रोग निवारण गर्न सकिने बताउँदै मेयर कोइरालाले सरकारको अभियानलाई साथ दिन सबैलाई आग्रह गरे । सो अवसरमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, निजी अस्पतालहरूको छाता संगठन (अफिन)का अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेसु डा. रविनराज सिंह, वडाध्यक्षहरू, कार्यपालिका सदस्यका साथै कर्मचारीहरूले समेत औषधि सेवन गरे ।

महानगरका १९ वटै वडामा स्वाथ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरूले औषधि खुवाउनेछन् । औषधि खान मिल्ने महानगरको योग्य जनसंख्या ८० प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । नेपाल सरकारले बिहीबारदेखि हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ । फागुन २५ गतेसम्म झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ ।

यही २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आमऔषधि अभियान सञ्चालन गरेको थियो । तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको छ । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२०मै निवारणगर्ने लक्ष्यलिएको थियो । तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.