Websoft University

बिराटनगर जेसीजद्वारा शाखा पदाधिकारीहरुलाई तालिम दिदै


बिराटनगर | मातृत्व प्रदान गरिएका शाखाहरु सग आत्मीयता साटा साट गर्दै बिराटनगर जेसीजद्वारा शाखा पदाधिकारीहरुलाई तालिम समपन्न बिराटनगर जेसीज द्वारा नव निर्वाचित शाखा पदाधिकारीहरुलाइ तालिम समपन्न गरेको छ । 

जेसीज र बिराटनगर जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु  टंकीसिनवारी जेसीज, दुहबी जेसीज, धरान जेसीज, ईन्द्रपुर जेसीज, भद्रपुर जेसीज, इनरुवा जेसीज, लहान सिटि जेसीज, जनकपुर जेसीज तथा राजविराज जेसीज लगायतका शाखाहरुको सहभागिता मा बिराटनगर जेसीजको सभाहलमा तालिम सम्पन्न गरिएको हो । 

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष  सिनेटर श्रीधर बस्याल प्रमुख प्रशिक्षक रहेको तालिममा बिराटनगर जेसीजका पुर्व अध्यक्ष सेवक बजगाई सह प्रशिक्षक रहनु भएको थियो । 

विभिन्न शाखाका ८० भन्दा बढि सहभागिलाई तालिमका क्रममा प्रमुख प्रशिक्षक बस्यालले जेसीजका मिसन भिजन र रणनीति भित्र रहेर कसरी बर्ष सम्पन्न गर्ने रुसमुदायसग जेसीजलाई कसरी जोड्ने रु कार्यक्रम हरु गर्न शाखा पदाधिकारीहरुको महत्त्व के रह्न्छ जस्ता बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । 

बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार तालिम आयोजना गर्नुको मुख्य उदेश्य बिराटनगर जेसीजको मातृत्वमा स्थापित शाखाहरुसग भावनात्मक र कार्यगत सम्बन्ध बिकासका लागि तालिमको आयोजना गरिएको हो । तालिमले बर्षलाई उत्कृष्ट रुपमा चलाउनका लागि सहजहोस भन्ने उदेश्य रहेको थापाको भनाइ थियो । 

तालिमका सहभागीहरुले तालिम बाट शाखामा गएर प्लान बनाउन सो प्लान लाई अघि बढाउन र सफल कार्यकाल सम्पन्न गर्न कोषेढुङ्गा हुने भएकाले बिराटनगर जेसीजको आयोजना सफल रहेको बताए । 

सो तालिमका लागि निरुपित उपाध्यक्ष निरज ढकालले स्वागत गर्दै तालिमलाई जेसीजमा मात्र नभएर आफ्नो जीवन मा समेत जोड्न सफल होस भन्ने उदेश्यले तालिम आयोजना गरिएको बताए । 

बिराटनगर जेसीजका तालिम निर्देशक शिव शंकर मन्डलले तालिमका बारेमा प्रकाश पार्दै  तालिमका लागि तालिम नभएर बर्ष लाई सफल बनाउन का लागि हरेक किसिमले सुबिधा प्राप्त होस भन्ने उदेश्यले तालिम आयोजना गरिएको र पहिलो चरणमा मातृत्व प्रदान गरिएका शाखालाई प्राथमिकता दिएको र आगामी दिनमा अन्य शाखाहरु सग समेत सहकार्य गर्दै तालिम आयोजना गरिने प्रष्ट पारे । 

सो तालिमको सयोजक  अङ्कित थापाले सबै मातृत्व प्रदान गरेका शाखाहरु सग मन देखि मन जोड्न तालिम आयोजना गरिएको र सहभागी सबै शाखाले सिकाइ लाई व्यबहार मा उतार्ने बिश्वास ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.