Websoft University

विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न

 


विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ ।

चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको हो । स्पोट्र्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो ।

स्पोट्र्स मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, मेमोरी रेस, , टेवलटेनिस, क्रिकेट, फुटबल ब्याडमिन्टनलगायतको खेलहरू समावेश गरिएको स्कूलका कार्यक्रम संयोजक शरण गौतमले जानकारी दिए । उक्त स्पोट्र्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ७ सय विद्यर्थाीहरूले भाग लिएको स्कूलले जनाएको छ ।

 उनीहरुलाई प्रमुख अतिथी डिग्री क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा.डा. खगेन्द्र आचार्य, विरानगर महानगरपालिका वडा नं. १० वडा अध्यक्ष अर्जुन गिरी, अरनिको कलेजका निर्देशक भरत दाहाल र निलम अधिकारलिे पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल राजेश कार्कीले बताए ।

विजयी हुने विद्यार्थी खेलाडिहरुलाई स्कूलका प्रिन्सिपल राजेश कार्की, भाइस प्रिन्सिपल शरण गौतम तथा सञ्चालकहरु लक्ष्मी अधिकारी, विकाश खनाल, निलम अधिकारी र शैलेश झागायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.