Websoft University

उद्योग संगठन मोरङद्धारा पि.एल.सी अटोमेशन तालिमको आयोजना


बिराटनगर २०७९ माघ २९, गते | रातो तारा डट कम,उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा  यस क्ष्ँेत्रका उद्योगहरुको पि.एल.सि. अटोमेशनमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि चौविस दिने वर्कस फरदर ट्रेनिङ प्रारम्भ भएको छ ।  

 विभिन्न उद्योग प्रतिष्ठानका वीश जना कार्यरत सहायक स्तरका पि.एल.सी सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत वनाउन तालिमले सहयोग पु¥याउने छ । विशेषज्ञ प्रशिक्षकद्धारा दैनिक तीन घण्टा संचालन हुने तालिमले सहायक स्तरका कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्ष्ँ कामदार वन्न मद्दत गर्नेछ ।

 तालिम अवधिमा सहभागिहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टहरु, परिक्ष्ँण उपकरण, समस्या निवारण, उर्जाको समूचित व्यवस्थापन पद्धती, नया मेशिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्ध लगायतका विषयहरु समेटि सैद्धान्तिक र प्रयोगात्मक रुपमा कक्षा संचालन गरिने छ ।

 उद्योग संगठन मोरङले उद्योग÷प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सीप विकास एकाई स्थापनाको समन्वयमा तालिम संचालन गरिएको छ । सो ईकाईको समन्वयमा आगामी दिनमा वर्कस फरदर ट्रेनिङ अन्तर्गत लेथ र वोईलर सम्वन्धी तालिम संचालन गरिने संगठनले जनाएको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.