Websoft University

चारदिने नेतृत्व तथा क्षमता विकास सुरु


विराटनगर | विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा आइतबारदेखि चार दिने नेतृत्व तथा क्षमता विकास तालिम सुरु भएको  छ ।

तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गर्नुभयो । मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गर्नुभयो ।

वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले आफैंले तालिम आयोजना गर्दा थोरै स्रोत साधनले पुग्ने बताउनुभयो । तालिममा वडाका वर्तमान र पूर्वजनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारीलगायत २४ जनाको सहभागिता रहेको छ । तालिममा पत्रकार यज्ञ शर्मा र मीनकुमार नवोदितले तालिमको सहजीकरण गर्नुहुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.