Websoft University

खोटाङंमा एक युवक पक्राऊ


श्याम राई÷उदयपुर-गाईघाट, ६ माघ | किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा खोटाङंमा एक युवक पक्राऊ परेकाछन् ।

हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थान काभे्रकी १७ वर्षिया रंजिता दाहाल मृत अवस्थामा भेटिएको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट रावावेसी गाउँपालिका–५ दुदेकोलका २५ वर्षिय अनन्त विकले आत्महत्या दुरुत्साहन गरेको खुल्न आएकोले विकलाई शुक्रबार प्रहरीले पक्राऊ गरेको हो ।

विकलाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धि कसुर अन्तरगत अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिएर अनुसन्धान शुरु गरिएको डिएसपी मञ्जील मुकारुङले बताए । प्रहरी अनुसन्धानबाट अभियुक्त विकले मृतक वालिकालाई लखेट्ने, समात्न खोज्ने लगायतका  क्रियाकलाप गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

महेन्द्रोद्धय मावि हलेसीमा कक्षा–१० मा अध्ययनरत वालिका विद्यालयबाट घर फर्केने क्रममा माघ १ गते देखि वेपत्ता भएकी थिईन् । वालिकाको शब भोलिपल्ट २ गते घर नजिकको खन्युको फेदमा पासो चुडिएर खसेको अवस्थामा फेला परेको थियो ।

 

 


 

 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.