Websoft University

प्याब्सन स्पोर्टस मिट–पूर्वाञ्चल एकाडेमीको अग्रता


विराटनगर माघ ७ गते । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ ।

 शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो अग्रता कायम गरेको हो ।

 पूर्वाञ्चल एकाडेमीलाई मिक्लाजुङ्ग गाउँपालिकाको मिनील्याण्ड स्कुललाई २ स्वर्ण पदकसहित पछ्याइरहेको छ । यस्तै सुन्दरहरैचाको सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुलले १ स्वर्ण र ३ रजत पदक ल्याएको छ । यस्तै रंगेलीको बालदेवदुत विद्या मन्दिर, विराटनगरको बुढानिलकण्ड, एभरेष्ट स्कुल र बिकेभिएम स्कुलले १÷१ स्वर्ण पदक जितेको छ ।

 शनिबार पाँच खेल सम्पन्न भएको छ । ८ सय मिटर छात्रा दौडको प्रथम सिद्धार्थ स्कुलका मेमोसा राई, द्धितीय जनम मेमोरियल स्कुलका सन्ध्या खान र तृतीय सारदा स्कुलका रुपम कुमार ठाकुर भए ।

सोही विधाको छात्रतर्फको प्रथम मिक्लाजुङ्ग गाउँपालिकास्थित मिनील्याण्ड स्कुलका सन्तोष सहनी प्रथम, सिद्धार्थ स्कुलका सुमित साह द्धितीय र पूर्वाञ्चल एकाडेमीका गोकुल श्रेष्ठ तृतीय भएका छन् ।

 यसैगरी लङजम छात्रतर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका सोयल चौधरी प्रथम, सिद्धार्थ स्कुलका सुवोद चौधरी द्धितीय र एभरेष्ट स्कुलका अपर्ण कार्की तृतीय भएका छन् ।

१६ सय मिटर दौड छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमी, द्धितीय सिद्धार्थ र तृतीय जनक मेमोरियल स्कुल भयो । यस्तै सटपुट छात्रातर्फको प्रथम पूर्वाञ्चल भएको छ । द्धितीय मुनाल आर्दश र तृतीय एभरेष्ट स्कुल भयो । यस्तै ज्यावलिङ थ्रो छात्रततर्फको प्रथम पूर्वाञ्चल एकाडेमी, द्धितीय जनक मेमोरियल र तेतृतीय बालदेवदूत स्कुल भयो ।

 बास्केटबलको उपाधि बिकेभिएमलाई

प्याब्सन स्पोर्टस मिट अन्र्तगत बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । शनिबार सम्पन्न भएको बास्केट बलको फाइनलमा विराटनगरको सगरमाथा स्कुललाई ७५–१९ स्कारेले हराउँदै बिकेभिएम स्कुलले बास्केटबलको उपाधि जितेको हो ।

उपबिजेता सगरमथा स्कुल भयो । तृतीय विराटनगरको एभरेष्ट स्कुल भएको छ ।

 एभरेष्टले स्कुलले सिद्धार्थ स्कुललाई २५–३ स्कोरलले हराउँदै एभरेष्ट तेस्रो भएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बिकेभिएमको मुकेश कुमार महतो घोषित भए ।

 टेबलटेनिसको टिम इभेन्टमा एभरेष्ट

प्याब्सन स्पोर्टस मिट अन्र्तगत छात्र टिम इभेन्टतर्फको टेबलटेनिस प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुलले स्वर्ण पदक जितेको छ ।

एभरेष्टले विराटनगरको सगरमाथा स्कुललाई पराजित गरेको हो ।

सोही विधाको छात्रतर्फको फाइनल आइतबार हुनेछ । फाइनलमा ग्यालक्सी पब्लिक हाइ स्कुल र सगरमाथा स्कुल पुगेको छ ।

यस्तै छात्रा सिंङगलतर्फको फाइनलमा सगरमाथाका निकिता तामाङ र एभरेष्टका एन्जिला पन्त पुगेका छन् । यस्तै छात्र सिंङगलतर्फको फाइनल ग्यालक्सी पब्लिक हाइ स्कुलका प्रत्यूष ढकाल र सगरमाथा स्कुलका उज्जल तामाङ्ग पुगेका छन् । टेबल टेनिङ सिंङगलको फाइनल आइतबार हुनेछ ।

 फुटबलको फाइनलमा शिक्षा सदन र सिद्धार्थ

फुटबलको फाइनलमा बेलबारीको शिक्षा सदन र सुन्दरहरैचाको सिद्धार्थ स्कुल बिच प्रतिस्पर्धा हुने भएको छ । शिक्षा सदनले सुनगभा स्कुललाई ३–० गोलले हराउँदै शिक्षा सदन फाइनलमा पुगेको हो । जितको लागि आसेस मगरले दुई गोल र सुरेश लिम्बुले १ गोल गरेका थिए ।

यस्तै सिद्धार्थ स्कुलले ब्राइटफियुचर स्कुललाई २–० गोलले हराउँदै सिद्धार्थ स्कुल फाइनल पुगेको हो । जितको लागि सिद्धार्थका सन्देश चौधरी र अनम पराजुलीले गोल गरेका थिए । फुटबलको फाइनल आइतबार हुनेछ ।

 भलीबलको फाइनलमा चार स्कुल

कक्षा दशसम्म अध्ययनरत छात्रातर्फको भलबिल प्रतियोगितामा मोरङ पब्लिक स्कुल र लेटाङको ग्रिनभ्याली स्कुल फाइनलमा पुगेको छ । मोरङ पब्लिकले ब्राइट फियुचर स्कुललाई पराजित गरी मोरङ पब्लिक स्कुल फाइनलमा पुगेको हो ।  

यस्तै कक्षा  ११ र १२ बिच भएको छात्रतर्फको भलिबलमा कोशी मोडल र सिद्धार्थ स्कुल फाइनलमा पुगेको छ । कोशी मोडलले एभरेष्ट पथरीलाई हराउँदै फाइनलमा पुगेको हो ।

सिद्धार्थ स्कुलले भिकृटी मोर्डललाई हराउँदै सिद्धर्थ फाइनल पुगेको हो ।

आइतबार समापन हुने प्याब्सन स्पोर्टस मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको सचिब जगत बस्नेतले जानकारी    दिए । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यालयले भाग लिएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.