Websoft University

सन्तापको धून’ कथासंग्रहमाथि परिचर्चा


 विराटनगर माघ ७ गते |  कथाकार डा. अशोक थापाद्वारा लिखित ‘सन्तापको धून’ कथासंग्रहमाथि शनिबार विराटनगरमा परिचर्चा गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा थापाको कथासंग्रह सन्तापको धूनमाथि परिचर्चा गरिएको हो । कथासंग्रहमाथि साहित्यकार शुभलक्ष्मी लम्सालले टिप्पणी गर्नुभयो । उहाँले कथासंग्रह संवेदनाले भरिएको दाबी गर्नुभयो । नारी संवेदनादेखि वैदेशिक रोजगारीले पारेको असरका विषयलाई कथासंग्रहले सशक्त रुपमा उठान गरेको उहाँको भनाइ थियो । त्यस्तै समालोचक महेश पौड्यालले कथाकार थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नु भएको थियो । 

वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, साहित्यकार दिङ्लाली कान्छो, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले कथासंग्रहका विषयमा आ–आफ्ना दृष्टिकोण राख्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्पाकसमेत रहनु भएका थापाको पहिलो कथासंग्रहका रुपमा केही महिना अगाडि मात्रै प्रकाशित भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.