Websoft University

नव निर्वाचित अध्यक्ष देवी प्रसाद गुरागाई (गोपाल)सहित कार्यसमितिले आज विजय रयाली गर्यो

 


दमक ७ घाम |रातो तारा डट कम,दमक उधोग वाणिज्य संघको हिजो भएको निर्वाचनवाट नव निर्वाचित अध्यक्ष देवी प्रसाद गुरागाई (गोपाल)सहित कार्यसमितिले आज विजय रयाली गरेको छ । 

 अध्यक्ष गुरागाई सहितको नवनिर्वाचित कार्यसमितिले पदाधिकारी ,सदस्यहरुको टोलीले दमकका विभिन्न चोकमा रयाली गरेको हो । दमक ६ स्थित सिद्धी मार्केटवाट निस्किएको विजयी रयालीले नयाँ सब्जी बजार, भृकुटी चोक, गणतन्त्र चोक लगायतका स्थानमा रहेका ब्यवसायीहरुसंग भेटेर बधाई ग्रहण गरेको ब्यवसायीका नेता बबरजङ्ग थापा किरणले जानकारी दिनु भएको छ ।  


नेपाली काग्रेस ,राप्रपा सहितको सयुक्त लोकतान्त्रिक ब्यवसायी समुहको तर्फवाट अध्यक्षका उम्मेद्धवार रहेका गुरागाई सहितको लोकतान्त्रिक ब्यवसायीले बश्चर्व कायम गरेको छ । लोकतान्त्रिक ब्यवसायी समुहले नेकपा एमाले , माओवादी केन्द्र सहितको प्रगतिशील समुहको उम्मेद्धवारलाई हराउदै सबै पदमा विजय हासिल गरेको हो ।

 आज बिहान आएको निर्वाचनको नतिजा अनुसार अध्यक्षमा गुरागाईले ९सय ८५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिष्पर्धी प्रगतिशीलका विमल खतिवडाले ६सय ५१ मत पाएका छन् ।

 यसै गरी वरिष्ठ उपाध्यक्षमा राजु खड्काले ८सय ८२ मत ल्याएर विजयी भएका भने उनका प्रतिद्धन्दी  प्रगतिशीलका राजन दंगालले ७सय १५ मत ल्याएका थिए । 

त्यसै गरी प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ८सय २९ मत ल्याएर विजयी भएपछि उनका प्रतिद्धन्दी  प्रगतिशीलका  भरत चौलागाईले ७सय ८३ मत पाएका थिए  ।

यस्तै गरी द्धितिय उपाध्यक्षमा लोकतान्त्रिक समुहका ज्ञाननाथ पौडेलले १हजार ७ मत ल्याएर विजयी भएभने प्रगशितीलका उम्मेदवार विन्दु सिटौला (लक्की )ले ६सय३ मत पाउनु भयो । 

लोकतान्त्रिका तर्फवाट तृतीय उपाध्यक्ष रुबल अधिकारीले ९सय ६९ मत ल्याएर विजयी भभए भने उनका प्रतिद्धन्दी  प्रगतिशीलका असिम राईले ६सय ३१ मत पाएका थिए ।

महिला सदस्यहरुमा कविता अधिकारी र संगिता तुम्वापो विजयी भएको निर्वाचन समितिका निर्र्वाचन अधिकारी लिला गुरागाईले जानकारी दिनु भयो ।

यसै गरी खुल्ला सदस्यहरुमा उमेश गजमेर ,टिकाराम खतिवडा ,तुलसी तिम्सिना , कमल कटुवाल ,सुवास चन्द्र गड्तौला र हेमसागर अधिकारी विजयी भएका छन् । 

यसै गरी लेखा समिति संयोजकमा नेत्र प्रसाद चौलागाई निर्वाचित भएका छन् ।

 यस अघि नै तीन सदस्य लेखा समितिमा दुई सदस्य सर्वसम्मत चयन भइसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.