Websoft University

कौडिन्य गोत्रिय आचार्य वंश प्रतिष्ठानको कुलपुजा सम्पन्न ।


शिव भट्टराई- माघ ६ गते | रातो तारा डट कम,कौडिन्य गोत्रिय आचार्य वंश प्रतिष्ठानको कुलपुजा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा ७ स्थित गोठगाउँमा भेला भएका आचार्य बन्धुहरुले हरेक ३ वर्षमा एक पटक गर्दै आइरहेको कुल पूजा यस वर्ष पनि सम्पन्न गरेका हुन्। प्रदेश नं १ का विभिन्न जिल्ला बाट आएका कौडिन्य गोत्रिहरुले संयुक्त रुपमा कुल देवताको पुजा गरेको प्रतिष्ठानका संस्थापक अध्यक्ष रविन्द्र आचार्यले जानकारी दिएका छन् ।

शुक्रबार सम्पन्न भएको उक्त कुल पूजामा प्रदेश नं १ का भौतिक तथा पूर्वाधार मन्त्री जिवन आचार्यको उपस्थिति रहेको थियो।सोही क्रममा बोल्दै उनले कौडिन्य आचार्य वंश प्रतिष्ठानलाई प्रदेश नं १ को तर्फ बाट साथै आफ्नो व्यक्तिगत तर्फ बाट साथ र सहयोग रहने बताएका छन्।

कुल पूजाको अवसरमा प्रतिष्ठानले जेष्ठ सदस्य साथै विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष मोहन आचार्यले जनाएका छन्। कुल पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भएकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छन्। कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वास गरिन्छ ।कतिपयले कुलायनको पूजा गर्दा जिव बली दिएर पूजा गरेको देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.