Websoft University

दमक उधोग वाणिज्य संघको आज भएको निर्वाचनको मत गणना शुरु


दमक ,माघ ६ गते | रातो तारा डट कम,झापाको दमक स्थित दमक उधोग वाणिज्य संघको आज भएको निर्वाचनको मत गणना शुरु भएको  छ । ३ वर्षे कार्यकालका लागि भएको वाणिज्य संघको निर्वाचनको मत गणना शुरु भएको हो ।

वाणिज्य संघको सभा हलमा ४ समुहमा विभाजन गरेर मत गणना शुरु भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका उम्मेद्धवार विमल खतिवडा र अको अध्यक्षका उम्मेद्धवार गोपाल गुरागाईको टोली निर्वाचनमा होमिएको हो । २हजार १६ जना मतदाता रहेकोमा १हजार ६सय ८९मत खसेको निर्वाचन समितिका संयोजक लिला गुरागाईले जानकारी दिनु भयो । ८३.८७ प्रतिशत मत खसेको छ । भोली विहान सम्म नतिजा आइसक्ने निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षका उम्मेद्धवारहरु खतिवडा र गुरागाई , वरिष्ठ उपाध्यक्षहरु राजन दंगाल ,राजु खड्का , प्रथम उपाध्यक्षहरु भरत चौलागाई , राजकुमार योङ्गया, द्धितीय उपाध्यक्षहरु विन्दु सिटौला (लक्की ) ,ज्ञान नाथ पौडेल तृतीय उपाध्यक्षहरु असिम राई र रुबल अधिकारी उम्मेद्धवार लेखा समिति , कार्यसमिति सदस्य , महिला सदस्य लगायतको पदमा उम्मेद्धवार रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.