Websoft University

फेसवुक वालमा ट्राफिक प्रहरी विरुद्ध फेकन्युज पोष्ट गर्ने एक युवा पक्राऊ


गाईघाट २८ पौष | फेसवुक वालमा ट्राफिक प्रहरी विरुद्ध फेकन्युज पोष्ट गर्ने एक युवा पक्राऊ परेका छन् । आफु लाई पत्रकार वताउने धरान उप–महानगरपालिका –१३ का राम चन्द्र राई लाई प्रहरीले वुधवार उदयपुरको वेलका नगरपालिका ८ कोठु वाट पक्राऊ गरीएको डिएसपि राकेश कुमार पोदारले वताए । सवारी चालक अनुमती पत्र र सवारी दर्ता किताव विनै उनले चलाएको वा २ च ७०३५नम्वरको कार ट्राफिक प्रहरीले पौष १५ गते नियन्त्रणमा लिएर ५ सय रुपैया जरीवाना तिराए पछि उनले रामजी च्याम्स नामको फेसवुक वालमा ट्राफिकले ६ हजार मागेकोमा ४ हजार दिएर मिलाएको भनी पोष्ट गरेका थिए । ट्राफिक प्रहरीको काम कारवाहीमा वाधा अवरोध र हतोत्साहित गराउने कार्य तथा प्रहरी संगठनको मर्यादामा आँच आउने खालको कार्य गरेको भनी प्रहरीले राईको व्यापक खोजी गरेको थियो । उनी पक्राऊ परेपछि प्रहरीले उनी विरुद्ध अभद् व्यवहार गर्न नहुने कसुर सम्वन्धि मुद्धामा १० दिन म्याद थप गरी अनुन्धान सुरु गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.