Websoft University

नेपाल प्रहरी प्रधान कार्यालय कार्यबिभाग प्रमुख प्रहरी नायव महानिरीक्षकबाट प्रहरी कर्मचारीहरुलाई निर्देशन


बिराटनगर, पुस ९ गते । 
नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरबाट १ नम्वर प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा स्थलगतरुपमा खटिई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

वहाँले जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरलाई कानुनको परिधिमा रही प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी कार्य गर्न र सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरीकहरुको जिउ धनको सुरक्षामा खटिन तथा राजश्व चुहावट नियन्त्रण गर्न समेत कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख सुदिप गिरीले धन्यवाद ज्ञापन सहित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.