Websoft University

पुरानो गुद्रीको खाली जग्गामा अस्थायी पार्किङ


विराटनगर पुस ९ गते | विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पार्किङ व्यवस्थापनलाई तीव्रता दिएको छ ।

मुख्य बजार क्षेत्रमा पार्किङको अभावमा सडकमै सवारी राख्दा आवतजावतमा समस्या हुनुका साथै सौन्दर्यतामा समेत ह्रास आएको छ । पार्किङ समस्या समाधान गर्ने उद्देश्यसहित महानगरले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।


महानगरले पुरानो गुद्रीमा रहेको प्रस्तावित २५ तले भवन निर्माणस्थललाई अस्थायी पार्किङका रुपमा प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि महानगरले डोजर लगाएर जमिन सम्याइसकेको छ । भवन निर्माण सुरु नहुञ्जेल खाली रहेको जमिनमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । सो ठाउँमा आसपासका व्यापारी, सामान खरिद गर्न आउने उपभोक्ता तथा कामका सिलसिलामा आउने व्यक्तिहरुका सवारी पार्किङ गरिनेछ । वर्षौंदेखि महानगरलाई कर नतिर्ने बजार क्षेत्रका प्रयोगविहीन खाली जग्गामा समेत पार्किङ बनाउने गरी महानगरले काम अगाडि बढाइसकेको छ । खाली जमिनमा फोहोर थुपार्दा बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको भन्दै महानगरले पार्किङ बनाउन सफाई सुरु गरिसकेको कोइरालाले बताए ।

पार्किङस्थल नहुँदा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन ठूलै चुनौती देखिएको थियो । मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउनका लागि सहयोग गर्न महानगरवासीलाई आग्रह गर्दै आएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.