Websoft University

स्पार्क हस्पिटल सातौँ वर्षमा, विविद्य कार्यक्रम गरी वार्षिकोत्सव मनाउने


विराटनगर ।  विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ ।  

 सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।

 हस्पिटलले वार्षिकोत्सव अवसर पारेर पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर  र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले जानकारी    दिए ।  बिहान ९ देखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने उनले बताए ।

 शिविरमा प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुः खाई, घुँडा जोर्नीहरू दुख्ने, गर्दन, ढाड एवं कम्मर दुख्ने, डिस्क प्रोल्याप्स, शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बाङ्गिएको, स्पोर्टस् इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याबिलिटेशन र अन्य हाड जोर्नी तथा नशासम्बन्धी रोगहरू उपचार हुनेछ ।

 शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट निःशुल्क जाँच हुनुको साथै शिविरमा आउने बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण हुनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुट, शिविरमा जाँच गरिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था र भर्ना गर्नु पर्ने बिरामीलाई बेड तथा उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।

 विशेषज्ञ चिकित्सकहरू उपचार हुँदै आएको स्पार्कमा बिना अपरेशन हानी रहित प्रविधिबाट उपचार गर्दै आएको छ ।

सातौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम पनि पुस १० गते राखेको हस्पिटलले जनाएको छ । रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेको अवस्थामा रगत नपाएर कोही पनि बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रम पनि गरिएको हस्पिटलले जनाएको छ ।

प्रत्येक वार्षिकोत्सवमा हस्पिटलले विभिन्न सामाजिक कार्यसँगै बिरामी मैत्री सेवाहरू प्रदान गर्दै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.