Websoft University

अबदेखि घरबहाल कर महानगरले नै उठाउने


विराटनगर कार्तिक २ गते | रातो तारा डट कम, संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नैउठाउने भएकोछ । 


विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । मेयर कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गरे । विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर  उठाउन सकेको छैन । 

अन्तरक्रियामा वडाध्यक्षहरुले आफ्ना वडाहरुमा ठूल–ठूला व्यवसायिक फर्महरु भए पनि आफूहरुले कर संकलन गर्न नसकेको बताउनुभयो । धेरै व्यवसायीहरु करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले महानगरको विकासका लागि कर संकलनमा कठोर बन्नुपर्नेमा जोड दिएका । सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख डा. डिवी क्षेत्री र कर अधिकृत विमल पौडेलले स्थानीय तहले लिन सक्ने करका किसिम र करको सदुपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कर संकलनका लागि महानगर र आन्तरिक राजस्व कार्यालय एकअर्काका पपिूरक भएकाले आगामी दिनमा दुवै निकायबीच समन्वय गरेर अगाडि बढ्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.