Websoft University

महानगरद्वारा डेंगु सार्ने लामखुट्टे र लार्भा नष्ट


विराटनगर कार्तिक २ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिकाले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।

सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । 

विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका मेयर नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । उनका अनुसार हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ । 

यसअघि मंगलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नम्बर १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि संक्रमणसमेत घट्दै गएको अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.