Websoft University

विश्विविद्यालयले स्वदेशका लागि दक्ष जनशक्त्ति उत्पादन गर्नुपर्छ-मुख्यमन्त्री राजेन्द्र राई


विराटनगर, कार्तिक २ गते | रातो तारा डट कम,प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रक्ुमार राईले विश्वविद्यालयहरुले विदेशमा बिक्रि गर्नका लागि हैन स्वदेशमै बसेर उत्पादनमुलक सेवा प्रदान गर्ने गुणस्तरिय शैक्षिक जनशक्त्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन ।

बुधबार मनमोहन प्राबिधिक विश्वबिद्यालयको दोस्रो सिनेट सभालाई कुलपतिको हैसियतबाट सम्बोधन गर्दै मुख्यमन्त्री राईले स्वदेशमै योगदान गर्न रुचाउने दक्ष जनशक्त्ति उत्पादन गर्न सकेमात्र देशमा विकास तीब्र रुपले हुनेमा जोड दिएका हुन ।

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयका कुलपति मुख्यमन्त्री राईले उत्पादन भएका विद्यार्थीहरु सेवा दिन बिेदशजाने प्रबृत्तिले देशले झन धेरै घाटाबोर्होनुपरिरहेकोबताए । मुख्यमन्त्री राईले भने र्, हामी अहिले विश्वबाजारमा जनशक्त्ति बिक्रि गर्नसक्ने अवस्थामा छैनौ बरु हामीलाई नै धेरै भन्दा धेरै उत्पादनका लागि दक्ष जनशक्त्तिको खाँचो छ यसैले विश्वविद्यालयहरुले स्वदेशमै योगदान दिनेखालेको शैक्षिक कार्यक्रमहरु बनाउनुपर्छ ।,’

मुख्यमन्त्री राईले प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेशको मात्र नभएर देशकै गौरबको विश्वविद्यालय भएको बताए । उनले हिमाल , पहाड र तराईलाई सुहाउँदो बिषयबस्तु चयन गरेर समयसान्र्दभिक कोर्ष तयारी गरि शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारले चाहेर पनि दक्ष जनशक्त्ति उत्पादन गर्न विद्यार्थीहरुलाई निशुल्क पढाउन नसकेको तर महत्वपुर्ण कोर्षका लागि न्युनतम शुल्क मात्र कायम गराएर पठनपाठन सुरु गराएको बताए ।

विश्विद्यालयका उपकुलपति तथा प्रदेश १ सरकारका समाजिक विकास मन्त्री राजन राईले विद्यार्थीकाल देखी नै आफुहरुले देशमा प्राविधिक शिक्षाको मुद्दा उठाउदै आएको र त्यो प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरेर पुरा गर्ने सुरुआत गरेको बताए । उनले स्वर्गीय नेता मनमोहन अधिकारी जस्तै ईमान्दार बनेर गुणस्तरिय प्राविधिक जनशक्त्ति उत्पादन गर्न विश्वविद्यालयका सभासद, पदाधिकारी र कर्मचारीहरु सबै लागिपर्नुपर्नेमा जोड दिए। मन्त्री राईले अन्दोलनले मात्र गुणस्तरिय शिक्षाको समस्या समाधान नहुने भएकोले मागहरु पुरा गराउन कर्मचारी र शिक्षकहरुले अराजक बन्नुहुदैन भने ।

विश्विद्यालयका उपकुलपति डा सुभाष श्री पोखरेलले पोलिटेक्निकबाट सुरु भएर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भैसकेको मनमोहनले स्थातक तहमा ईन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेर दोस्रो बर्षको भर्ना लिन थालिसकेको बताए । उनले आगामी बर्षदेखी हेल्थ पोलेसी र म्यानेजमेन्टतर्फ स्नातोकोत्तर तहको कक्षा सञ्चालन गर्ने ईन्जिनियरिङतर्फ आर्टिटेक्चरलको पनि पठनपाठन सूरु गराउने तयारी पुरा गरिसकेको जानकारी गराए । उनले चाँडै प्राकृतिक चिकित्सातर्फ पनि स्नातक र स्नातोकोत्तर तहको पठनपाठन तयार गर्न लागेको जानकारी गराए ।

शिक्षक कर्मचारीहरुको विरोध

मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो सभासद बैठक सञ्चालन स्थल बाहिर शिक्षक कर्मचारीहरुले भने विरोध प्रर्दशन गरेका थिए । सभा आयोजना भएको ईटहरी स्थित त्रियुगा होटल अगाडी सडकमा आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका शिक्षक कर्मचारीहरुले आफना मागहरु पुरा गराउन धर्ना दिएका थिए । उनीहरुले सभामा सहभागी हुन आएका सभासदहरुलाई आफना मागहरु पुरा गराउन मागपत्र दिदै आग्रह गरेका थिए । आंगिक क्याम्पसका रुपमा रहेको मनमोहन पोलिका सबै शिक्षक र कर्मचारीहरुलाई ग्रेड बढुवा गरेर स्थायी गर्नुपर्ने माग उनीहरुको थियो । आफना मागहरु पुरा गराउन उनीहरुले पहिलेदेखी नै आन्दोलन गर्दै आएका थिए । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन पोलिटेक्निकलाई प्रदेश १ सकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरि देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गराएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.