Websoft University

झापामा एमालेसंग तालमेल गरेको दल राप्रपाका ३ जना उम्मेदवारलाई जिताएर साँसद बनाउने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घोष


दमक, कात्र्तिक २ गते | रातो तारा डट कम,झापामा एमालेसंग तालमेल गरेको दल राप्रपाका ३ जना उम्मेदवारलाई जिताएर साँसद बनाउने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घोष गर्नु भएको छ ।

३ जना वाहेकका झापाका ५ चै निर्वाचन क्षेत्रमा एमालेका उठाएका एक दर्जन उम्मेद्धवारलाई सुर्य चिन्हमा मतदान गरी निर्वाचित गराउन उद्घोष गर्नु भएको हो ।

लिखित कबुल अनुसार उनीहरुलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा जिताएर साँसद बनाउने सहमति भएको ओलीले स्मरण गराउनु  भयो । 

नेकपा एमाले निर्वाचन क्षेत्र न.५ झापाले आज दमकमा आयोजना गरेको निर्वाचन अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पार्टी अध्यक्ष ओलीले झापा क्षेत्र ३ मा राप्रपाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङदेन ,क्षेत्र न.१ खका प्रदेश सभा सदस्य पदका उम्मेदवार सविना कटेल बजगाई र क्षेत्र नं ४को खमा प्रदेश सभा सदस्यका उम्मेदवार भक्ति सिटौलालाई एमालेले जिताउने सहमति भएको बताउनु भयो । 

समानुपातिक तर्फ एमाले जस्तो समुन्द पार्टीले एक घैला पानी झिके सरह एमालेका मतदाताले राप्रपाले उठाएका समानुपातिक उम्मेदवारलाई केही मत दिन राप्रपाका नेताले गरेको आग्रहका विषयमा एमालेका नेता ओलीले एमाले बचनमा पक्का भएको बताउदै दुवै पार्टी वीच भएको लिखित कबुल अनुसार झापामा सुर्य चिन्हलाई मतदान गर्नु पर्ने बताउनु भयो । 

रुघामर्गी ,ज्वरो,केहीले नभेटने ब्यक्तिको चित्त दुखाईलाई विर्सिएर झापाको ५चै निर्वाचन क्षेत्रका सुर्यध्वाजवाहक र तालमेल गरिएको पार्टी राप्रपाको उम्मेद्धवारलाई मतदान गरी विजय गराउने कार्यकर्तालाई निर्देशन दिनु भयो । अरु वेला पार्टी जीवनका लागि समर्पित हुने तर चुनावको यस घडीमा विभिन्न वाहनामा भिडियो एक्सेर, गर्दा पनि नदेखिने चित्त दुखाई नगर्न  निर्वाचन क्षेत्र न. ५ झापाको प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार समेत रहनु भएको ओलीले सबैलाई आग्रह गर्नु भयो । 

प्रतिनिधि सभा निर्वाचन परिचालन मुल समितिका संयोजक देवेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद संग्रौलाले मुलुकलाई संकटबाट बचाउन ताममेल गरेको बताउनु भयो । उहाँलाई राप्रपा र एमालेसंग भएको तालमल अनुसार सुर्य चिन्हमा मतदान गर्न राप्रपाका कार्यकर्तालाई संग्रौलाले निर्देशन दिनु भयो । पार्टी निर्णय कार्यकर्ता कसैले उलघन गरेको कारवार्ही गर्ने पनि उहाँले चेतावनी दिनु भयो । 

कार्यक्रममा एमालेको तर्फवाट निर्वाचन क्षेत्र न. ५ कका प्रदेश सभा सदस्य पदका उम्मेद्धवार हिक्मत कार्की र प्रदेश ख का प्रदेश सभा सदस्य पदका होम बहादुर थापाले

 मुलुकको समृद्धिका लागि एमालेलाई विजय गराउन आग्रह गर्नु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.