Websoft University

निशुल्क स्वास्थ्य शिविर संचालन


झापा, २०७९ असोज ३० गते । रातो तारा डट कम,६७ औ प्रहरी दिवश २०७९ को अवसरमा  १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।  ईलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि।एण्ड।सि। अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका(११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङगनमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिईएको हो । स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो  ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.