Websoft University

 


झापा दमक असोज २७ गते | रातो तारा डट कम, ६७औं प्रहरी दिवसको अवसरमा बिहीबार दमकस्थित इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ पिन्ट रगत जम्मा भएको छ ।

नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा इप्रका दमकले आयोजना गरेको रक्तदानमा ५ महिलासहित १ सय १ जनाले रक्तदान गरेका हुन् ।

प्रहरी दिवसमा आयोजित रक्तदानमा प्रहरीलगायत सामाजिक संघसंस्थाका अगुवासहित मिडियाकर्मीहरुले सहभागिता जनाएको इप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

प्रनाउ गिरीले दिएको जानकारी अनुसार रक्तदान गर्नेमा ४८ जना इप्रका मातहतका प्रहरी थिए भने अन्य ५३ जना आम नागरिक रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.