Websoft University

शनिबारबाट काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव’


काठमाडौं, २७ असोज | रातो तारा डट कम,२९ र ३० असोजमा काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’  आयोजना हुने भएको छ । दुई दिनसम्म चल्ने ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका दर्जनौ कलाकार, रंगकर्मी, चलचित्रकर्मी र साहित्यकारले सहभागिता जनाउनेछन्।

कलिङ्ग साहित्यिक महोत्सव आयोजक टिमले काठमाडौँले’ होटेल हिमालयमा पत्रकार सम्मेलन गरी आयोजक पक्षले सो जानकारी गराएको हो । महोत्सबका संस्थापक तथा कल्पनाकार रश्मी रञ्जन परिडा, निर्देशक रञ्जना निरौला, निर्देशक देवाशीष समन्त्रये, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कवि दिनेश अधिकारी र वरिष्ठ आख्यानकार माया ठकुरीले महोत्सवको बारे जानकारी गराएका हुन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ कवि तुलसी दिवसले आफूले गर्ने सोच हुदाँहुदै पनि गर्न पुरा हुन नसकेको र अहिले यो समूहले आयोजना गरेर आफ्नो सपना पुरा गरिदिएको बताए । साथै बरिष्ठ कवि दिनेश अधिकारीले एकै महोत्सवमा यतिधेरै कवि, कलाकार साहित्यकारको जमघट र मन्थन बिरले हुने बताउदै यस्ता खालका महोत्सबले दुई देशको सास्कृतिक तथा साहित्यीक आदानप्रदान मात्र नभई नेपाली साहित्यको अन्तराराष्ट्रियकरण मा टेवा पुग्ने बताए ।

असोज २९ र ३० गते काठमाडौँमा ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ मुल उद्घोषकासाथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकारको सहभागि हुने आयोजकले जनाएको हो ।

नेपाल र भारतका साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति राख्ने आयोजकले जनाएको छ । साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापित गर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन् ।

महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशवीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा ७० प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट हुनेछन् । नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर ९काशी०मा प्रस्तुति रहने छ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति पनि दिनेछन् ।

महोत्सवमा मालिनी अवस्थीको प्रस्तुतिका साथै भारतको साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठ लगायतको सहभागिता   रहनेछ ।

कार्यक्रममा ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘ कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’ नेपालका सताव्दी पुरुष सत्यमोहन जोसी र भारतका वरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदान गर्ने घोषणा गरिएको छ । यसको रासी पचास पचास हजार र सरस्वतीको प्रतिमा रहने छ ।

साहित्यिक महोत्सवमा दिनेश अधिकारी, युवराज घिमिरे, अनुप बराल, दिपेन्द्र के खनाल, लक्ष्मी बर्देवा, सुजित बिडारी, नयनराज पाण्डे, महेष विक्रम शाह, श्रवण मुकारुम, अशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनकमणी दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ ।

साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना हुन लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.