Websoft University

बन्द उद्योग तत्काल संचालन गर्न माग


श्याम राई, उदयपुर  गाईघाट, ३० असोज | बन्द उद्योग तत्काल संचालन गर्न माग राख्दै उदयपुर सिमेन्ट उद्योगका क्रियासिल चार वटा टे«ड युनियनहरुले आईतबार महाशाखा प्रमुख र विभागिय प्रमुख समक्ष ज्ञापन पत्र बुझाएकाछन् ।

कोईला अभावमा सिमेन्ट उत्पादन लामो समय देखि बन्द भएको र उद्योग संचालनमा उद्योग व्यवस्थापनले उदासिनता देखाएको भन्दै उनीहरुले आन्दोलनमा उत्रने ज्ञापन पत्र मार्फत चेतावनी दिएकाछन् ।

‘ सबै टे«ड युनियनहरुको प्रतिनिधिहरुले शनीबार बैठक बसेर पाँच बुदे माग राखी ज्ञापन पत्र बुझाएको नेपाल कारखाना श्रमिक संघका सचिब बालचन्द्र गुरुङले बताए ।

उद्योग बन्द रहनुमा महाप्रबन्धक गोपिचन्द्र न्यौपाने दोषि रहेको भन्दै २ दिन भित्र उद्योगमा उपस्थिती भएर उद्योग संचालनमा नल्याए आन्दोलनमा उत्रने तयारी गरिएको गुरुङले बताए ।

चालु रहेको उद्योग कच्चा पदार्थको अभाव देखाई बन्दगरि मजदुर, कर्मचारीको रोजी रोटी माथि खेलवाड गरिएको अतिथि सत्कार, सवारी दुरुपयोग तथा अनावश्यक खर्चहरु अत्याधिक भएकोले तत्काल रोक्न पनि माग पत्रमा उल्लेख गरिएको छ ।

कोईलाको अभाब भन्दै असोज १४ गतेबाट सिमेन्ट उत्पादन पूर्णरुपमा बन्द भएको छ । काईला अभावमा बन्द रहेको उद्योग असोज ९ गतेबाट संचालनमा आएको थियो । दुई महिनाको अवधिमा कोईला अभावमा तिन पटक उद्योग बन्द भएको नेपाल औधोगिक मजदुर संगठनका अध्यक्ष महाविर चौधरीले बताए ।

महाप्रबन्धक न्यौपानेले आफू बाहिर रहेकोले मजदुरले दिएको ज्ञापन पत्रको बारेमा केही जानकारी नभएको बताए ।

 

 


 

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.