Websoft University

सहकारी रणनीतिक योजना तालिम


मोरङ | रातो तारा डट कम,समन्वय बचत तथा ऋण सहकारी संस्था ळी. इटहरी -११, सुनसरी आयोनामा ४ बर्षे सहकारी रणनीति योजना तालिम सम्पन्न भएको छ।  ५१ जना सहभागी भएको उक्त तालिम कार्यक्रम सुन्दरहरैंचा -४ मा  रहेको तृष्णा होटेलमा २ दिन सम्म चलेको थियो।

तालिममा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारी तथा सेयर सदस्य गरि ५१ जनाले तालिममा भाग लिएका थिए।   आगामी ४ वर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा छलफल भएको संस्थाका ब्यबस्थापक प्रलाह साहले  बताए ।

तालिमा  संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्येनजर गर्दै  नियमाबली तथा कार्यविधी र निर्देशिका संशोधन तथा थप गर्ने निर्णय भएको जस्ता बिषयमा आबश्यक परामर्श र छलफल गरि अघि बढ्ने शिक्षा तथा तालिम बिकास उपसमिति सदस्य रामनारायण चौधरीले बताए।  

 त्यस्तै संस्थाले सदस्यता विस्तार, शेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षामा जोड दिने उनको भनाई थियो । संस्थाले स्थानीय स्तरको टिपिकल उद्योग व्यवसाय धरासायी हुनबाट बचाइ यसको बैज्ञानीकीकरणमा सहयोग गर्ने, योजना मार्फत सामाजिक कार्य र सदस्य शिक्षामा जोड दिने, स्थानीय पाठ्यक्रम अनुसार सहकारी शिक्षामा जोड दिने लगायतका ४  वर्षिय रणनीतिमा राखेको छ ।

मोरंगको सुन्दरहरैंचा नगरपालिका -४, बलियामा रहेको तृष्णा होटेल तालिम संचालन भएको थियो।  उक्त तालिममा प्रशिक्षक मुकेश दाहाल र सुमन सुबेदीले सहजीकरण गरेका थिए।  

हाल संस्थाले इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ र १३ कार्य क्षेत्र बिस्तार गर्दै सेवा दिदै आएको छ। संस्थाको कुल सेयर सदस्य १` हजार १ सय ५० रहेको र   कुल पुजी १ करोड ९४ लाख र लगानी ८ करोड भन्दा बढी रहेको लेखापाल दिपेश चौधरीले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.