Websoft University

माहोल रविको पक्षमा,नतिजा अप्रत्यासित आउने विश्लेषण ।


काठमाडौं । रातो तारा डट कम,देश अहिले चुनावी माहोलमा बिस्तारै तरंगित भइरहेको छ ।  बिभिन्न पार्टीहरु आ—आफ्नै तवरले जनतामाझ पुगिरहेका छन् । पछिल्लो समय निकै चर्चा बटुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लिएर देशभर रास्वपाको आमसभामा जनताको उपस्थिति बाक्लो हुँदै गएको छ ।  

सभापति रवि लामिछाने अहिले देशका बिभिन्न स्थानहरुमा भेटघाटमा व्यस्त छन् । चितवन क्षेत्र नं २ बाट चुनावी दौडमा होमिएका लामिछाने केही दिन यता गोरखा तथा लमजुङका मतदातासँग साक्षात्कार गर्न पार्टीका स्थानीय उम्मेदवारसँग दौडिरहेका छन् ।
चितवन क्षेत्र नं २ मा कांग्रेस र एमालेले रविलाई प्रतिस्पर्धीनै नमानेपनि दृश्य भने फरक देखिएको छ । उक्त क्षेत्रमा रविको पक्षमा माहोल बन्दै गएको देखिएको हो । बच्चादेखि बृद्ध तथा महिलाले उनलाई ठूलो साथ दिइरहेका छन् । पटक पटक तिनै पुराना पार्टीका नेतालाई भोट हाल्दा पनि केही नभएको भन्दै पुराना पार्टीका नेतासँग स्थानीय चिढिएका   छन् ।  घरदैलो कार्यक्रममा रास्वपाका सभापति लामिछाने बाटोमै मतदातासंगै खुसी भएर नाचेको दृष्य अहिले सामाजिक सन्जालमा भाइरल नै भएको छ । यसले के पुष्टि गर्छ भने त्यो ठाउँमा रवि उम्मेदवार भएपछि चितवनबासीमा खुसी पक्कै छाएको छ ।
उता गोरखा जिल्लाको क्षेत्र नं २ मा आयोजित भेटघाट कार्यक्रममा लामिछानेले आफू मान्छे मार्ने राजनीति नगरी मान्छे बचाउने राजनिति गर्ने बताएका छन् । टेलिभिजनमा हुँदा दिनहुँ कुनै न कुनै समस्याको साथमा आँखाभरी आशु र मनमा आशा लिएर टेलिभिजनको गेट ढकढक्याउनेको आशु पुछ्न ठाउँमै पुग्नु पर्ने रहेछ भन्दै आफू रहर भन्दा पनि ती आशु पुछ्नै पर्ने बाध्यता देखेर राजनितिमा आएको बताएका छन् ।
ठूला पार्टीले उनलाई प्रतिस्पर्धी नै नमानेपनि रविको पक्षमा देखिएको माहोलले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा नतिजा अप्रत्यासित आउनसक्ने विश्लेषण गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.