Websoft University

प्रहरी दिवश २०७९ सम्पन्न


बिराटनगर, २०७९ असोज ३१ गते । रातो तारा डट कम,६७ औ प्रहरी दिवश २०७९ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत जिल्ला प्रहरी कार्यालयहरुले असोज ३१ गते अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६७ औं प्रहरी दिवश २०७९” मनाईएको हो । प्रहरी दिवशको अवसरमा बिबिध खेलकुद कार्यक्रम, स्वास्थ्य सिविर संचालन, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

१ नं। प्रदेश प्रहरी कार्यालयमा असोज ३१ गते आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला लगायतका उपस्थित महानुभावहरुले १ नं। प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले  प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहले प्रहरी दिवशको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी १ नं। प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारहरुलाई नगद तथा कदर पत्रद्वारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ आफ्नो अमुल्य जग्गा निस्शुल्क प्रदान गर्नु हुने जग्गादाता महानुभावहरुलाई कदर(पत्रले सम्मान गर्नु भएको थियो । यसैगरी वाँहाले उत्कृष्ट कार्य गर्ने प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मान पत्रले सम्मान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै वहाँले देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन नेपाल प्रहरीले हरेक नागरीकहरुको मन मस्तिस्कमा  रहन सफल भई सकेको हुँदा थप संवेदनशिल भई काम गर्नु मुख्य आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा क्भ्भ् परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व तथा बहालवाला प्रहरीका सन्ततीहरु, बिभिन्न बिद्याहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु र उच्च शिक्षा अध्ययन गर्ने बहालवाला, पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सन्ततिहरुलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेश नाथ बास्तोलाले छात्रवृती प्रदान गर्नु भएको थियो भने बिभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कृत गर्नु भएको थियो ।

प्रहरी दिवशको अवसरमा आयोजना भएका बिभिन्न खेलकुदमा पुरस्कृत हुने खेलाडीलाईहरु बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार बितरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नु हुँदै बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशको आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्दै आईरहेको नेपाल प्रहरीले आगामी दिनमा थप बिश्वसनियताका साथ काम गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रहरी दिवशको अवसरमा १ नं। प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बास्तोलाले अमर प्रहरी परिवारका  परिवारजनहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नु भएको थियो भने उक्त कार्यक्रममा निमित्त प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्ण महानुभावहरुमा धन्यवाद तथा शुभकामना ज्ञापन गर्नुहुँदै आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राण उत्सर्ग गर्ने बहादुर र कर्तव्यपरायण नेपाल प्रहरीका अमर तथा वीर सपूतहरुको सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । साथै कर्तव्यपालनको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्रज तथा अमर प्रहरीको त्याग र बलिदानले दिएको जिम्मेवारीलाई पूरा गर्नु पर्ने दायित्व आजको दिनमा हाम्रो काँधमा रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकारहरु, मानवअधिकारकर्मी लगायतप्रहरीकर्मचारीहरुकोउपस्थिती रहेको थियो ।

 साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट २ जना प्रहरी कर्मचारी पुरस्कृत

बिराटनगर, २०७९ असोज ३१ गते ।     

यस बर्षको १ लाख धनराशीको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक भक्त बहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्र प्रसाद यादबलाई प्रदान गरिएको छ । प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने उनीहरुलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो ।

पुरस्कृत भएका प्रहरी सहायक निरीक्षकले सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा ५ वटा पेस्तोल सहित मानिसहरू पक्राउ गर्न सफल भएको साथै कर्तव्य ज्यान जस्तो गम्भिर अपराधका ४ वटा मुद्दाको अभियुक्तलाई पक्राउ गरेको साथै कर्सियाको बिपि चौकमा रहेको सिटिजन्स बैंकमा हतियारधारी लुटेराहरुको समूह आई बैंकको गार्डलाई गोली प्रहार गरी नगद समेत लुटी फरार भएका ३ जना अभियुक्तलाई कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले १ लाख धनराशीको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले  वहाँहरुलाई पुरस्कृत गरेको हो ।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप   साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्राध्यापक डा। बिक्रम प्रसाद श्रेष्ठले १ लाखको  चेक तथा प्रशंसा(पत्र समेत प्रदान गर्नु भएको हो ।

प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधनादेबी प्रहरी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा। बिक्रम प्रसाद श्रेष्ठलाई निमित्त प्रदेश प्रहरी प्रमुखले हार्दिक धन्यबाद दिनु भएको छ । सोही अवसरमा पुरस्कृत हुने प्रहरी अधिकृतहरुलाइ बधाई समेत दिनु भएको छ ।

पुरस्कृत हुने प्रहरी द्धयले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन् ।

स्वर्गिय माताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा।बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताउनु भएको छ ।

साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका संस्थापक श्रेष्ठलाई प्रमुख अतिथी माननीय केदार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो  ।

 बिप्लव थापा ९गोदार० स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार द्धारा ट्राफीक बरिष्ठ हवल्दार पुरस्कृत

बिराटनगर, २०७९ असोज ३१ गते

६७ औ प्रहरी दिवश २०७९ को अवसरमा प्रदान गरिएको बिप्लव थापा ९गोदार० स्मृति उत्कृष्ठ ट्राफिक प्रहरी पुरस्कार प्रहरी बरिष्ठ हवल्दार तुलसी प्रसाद पोखरेललाई प्रदान गरिएको छ । यसै बर्षबाट शुरु भएको २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने मधयेबाट १ जना प्रहरी कर्मचारीलाई ६७ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका पोखरेलले सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गरी ईटहरी चोक लगायत बजार एरियामा  ११ वटा  जेब्राक्रस निर्माण गरेको, ईटहरी चोकमा जडित ट्राफिक बत्तिको संचालन र  कार्यान्वयनमा बिशेष भुमिका निर्वाह गर्नुका साथै ट्राफिक आवागमनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने हवल्दार पोखरेललाई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा(पत्र समेत प्रदान गर्नु भएको हो । १८ बर्षको कलिलो उमेरमा सवारी दुर्घटनामा परि दिवंगत हुनु भएका आफ्ना छोराको स्मृतिमा १ नं। प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई नगद २५ हजार पुरस्कार तथा प्रशंसा(पत्रद्वारा सम्मान प्रदान गरी यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.