Websoft University

विराटनगर म्युजिक फेस्टिबल सम्पन्न


विराटनगर असोज ३० गते | लाइभ इन्टरटेन्मेन्ट विराटनगरको आयोजनामा विराटनगर म्युजिकल फेस्टिबल भएको छ ।

तिहार, छठ तथा नेपाल सम्वतको अवसर पारेर म्युजिकल फेस्टिवल आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष महत सेन्ट्रोले जानकारी दिनुभयो । फेस्टिवलको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नु भएको थियो । विराटनगरस्थित जैन भवनमा भएको कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी, दार्जेलिङको मन्त्रा ब्याण्ड, विराटनगरका विभिन्न ५ वटा ब्याण्डले आ–आफ्नो प्रस्तुति दिएका थिए । सो अवसरमा स्थानीय कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कला, संगीत, खेलकुद सबैको समुचित विकासले मात्रै महानगरको विकास हुने बताउनुभयो । उहाँले भौतिक विकासले मात्रै समाजको समग्र विकास नहुने उल्लेख गर्नुभयो । महानगरले सबै क्षेत्रको विकासका लागि ध्यान दिएर काम गरिरहेको दाबी गर्नुभयो । सो अवसरमा कांग्रेसका केन्द्रीयका युवा नेता कृष्ण कार्की, नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलमलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.