Websoft University

रक्तदान कार्यक्रम सम्पन्न


विराटनगर, २०७९ असोज २७ गते । रातो तारा डट कम,"६७ औँ प्रहरी दिवस २०७९" को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक ब्यबस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश बिशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् । साथै १ नम्बर प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आजै आ-आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.