Websoft University

फरार प्रतिवादी पक्राउ


बिराटनगर, २०७९ असोज २७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। ठगी मुद्धामा सम्मानित उच्च अदालत बिराटनगर मोरङको मिति २०७३।११।१८ गतेको फैसला आदेशले १० महिना २१ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया) जरीवाना तोकिएका कटहरी गाउपालिका - ३ का ५८ बर्षीय राम बहादुर  भण्डारी र लागुऔषध मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०९।१२ गतेको फैसला आदेशले १ महिना ९ दिन कैद र रु.५-०,०००/- (पचास हजार रुपैया) जरीवाना तोकिएका धरान उपमहानगरपालिका - ५ का ३७ बर्षीय बुद बहादुर बिश्वकर्मालाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार चलान बएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.