Websoft University

केएमसीलाई प्रेस काउन्सिलको सम्मान, राष्ट्रपतिद्वारा प्रशंसापत्र प्रदान


काठमाडौं । रातो तारा डट कम, स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले काठमाडौं मेडिकल कलेजलाई सम्मान गरेको छ । प्रेस काउन्सिलको ५३ औं बार्षिकोत्सवको अवसर पारेर केएमसीलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

राष्ट्रपति भवन सितल निवासमा बिहिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले केएमसीका चार्टर एकाउन्टेन्ट क्षितिज निरौलालाई केएमसीको प्रशंसापत्र प्रदान गरिन् । समाजसेवीको रुपमा परिचित केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माको योजना अनरुप गरिब तथा बिपन्न विरामीलाई लक्षित गरेर केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रेस काउन्सिलको स्थापना दिवस र संविधान दिवसको अवसरमा गत आइतवार काठमाडौंको तिलगंगा सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । केएमसीका जेनेरल मेनेजर नारायण दाहालका अनुसार केमएमसी, प्रेस काउन्सिल र पत्रकार महासंघको सहकार्यमा गरिएको शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए ।

यसरी शिविर सञ्चालन गरेर सहयोग पुर्याएको भन्दै काउन्सिलले केएमसीलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार, सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई पनि बिभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.