Websoft University

कर्मचारी लाई दैनिक ज्यालादारी डोर हाजिरी मा खटाईदै,

 


गाईघाट ७ असोज | रातो तारा डट कम,त्रियुगा नगरपालिका मा कार्यरत अस्थायि र करारका गरी २ सय जना कर्मचारी लाई दैनिक ज्यालादारी डोर हाजिरी मा खटाईएको छ । आर्थिक भार वढि पर्न गएको भन्दै विहिवार वसेको कार्यपालिकाको वैठक वाट उनीहरु लाई ज्यालादारीमा काममा राख्ने निर्णय भएको मेयर वसन्त वस्नेतले वताए । नगरपालिकालाई थेग्नै नसक्ने गरी आर्थिक भार परेकोले, उनीहरुलाई सेवा वाट नहटाई ज्यालादारी मा खटाउने निर्णय भएको हो । ’ उनले भने ।अघिल्लो कार्यकालमा मेयरले अनावश्यक कर्मचारी राखेकोले अहिले समस्था भएको उनले वताए । ‘ कामै नगरी धेरैले तलव भत्ता खाएको पनि देखीयो , मैले धेरै कर्मचारी लाई चिनेको पनि छैन ’ उनले भने । कामै विना धेरै लाई नियुक्ती गरीएको रहेछ । डोर हाजीरीमा खटिने उनीहरुले सार्वजनिक विदा , चाडपर्व विदाको तलव भत्ता लगाएतका कुनै पनि सुविधा नपाउने प्रशासन शाखा प्रमुख श्याम सुन्दासले वताए । उनले करार र अस्थायी कर्मचारी को तलव भत्ता लगायतका सुविधामा वार्षिक ४० लाख भन्डा वढि खर्च हुने गरेको वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.