Websoft University

साना किसान कृषि सहकारी संस्था दुलारीले गर्यो १६औं वार्षिक साधारणसभामा


 शिव भट्टराई, मोरङ असोज ७ गते शुक्रबार | रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ३ गछिया स्थित साना किसान कृषि सहकारी संस्था दुलारीले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।शुक्रबार सुन्दरहरैचा वार्ड नं.३ मा रहेको संस्था कै सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य खगेन्द्र राज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका अध्यक्ष नारायण श्रेष्ठको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले नीति नियममा आधारित रहेर यस संस्था चलेको बताउँदै संस्थालाई उत्तर उत्तर प्रगतिको शुभकामना दिएका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष चेतनाथ दाहालले स्वागत मन्तव्य राखेका थिए। उक्त साधारणसभामा साना किसान लघुवित्त वित्तीय संस्था लि इलाका इटहरीका प्रमुख दिपक राज पाण्डे, सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य दुर्गा पोख्रेल, दुलारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त कार्की, सुन्दरहरैंचा नगरपालीकाकी कृषि शाखा प्रतिनिधि अनुजा थापा मगर, जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रवीन्द्र आचार्य, जिल्ला कृषि सहकारी संघ मोरङका उपाध्यक्ष सोभितमान पौडेल लगायतको उपस्थिति रहेको थियो।


साधारण सभाको अवसर पारेर सेयर सदस्यका जेष्ठ बुवा आमा, जेष्ठ सेयर सदस्य, उत्कृष्ट बाल बचत कर्ता, कुमारी बचत कर्ता लगायतलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो।संस्थाले हाल सम्म जम्मा १२०७ जना सेयर सदस्य बनाउन सफल भएको छ भने साधारण सभा संस्थाकी प्रबन्धक कमला पोख्रेलले सञ्चालन गरेकि थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.