Websoft University

भुमाफिया हरुले अतिक्रमण गरेको हात्ती मारा खोला र अनिक्रमित सार्वजनिक

 


गाईघाट  असोज  ५ गते || रातो तारा डट कम,भुमाफिया हरुले अतिक्रमण गरेको हात्ती मारा खोला र अनिक्रमित सार्वजनिक जग्गा हरु खाली गराईदिन स्थानियले जनप्रतिनिधिहरु संग आग्रह गरेकाछन् । झण्डै एक दशक अघि गाईघाट वजार प्रवेश द्धारा भएर वग्ने हात्ती मारा खोला यतिखेर अतिक्रमण चपेटामा परि खोलामा पुरै वस्ती वसीसकेको अवस्थामा त्याहा वाट वस्ती खाली गराई नदिलाई पहिल्यको अवस्थामा ल्याईदिन स्थानिय वासिन्दार हरुले वुधवार वाट त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत र उप मेयर महेश्वरी राई लाई ज्ञापन पत्र वुझाईएका छन् । काठ्माण्डौ मा टुकुचा नदि खोजी कार्य तिव्र रुपमा भैरहदा प्रभाव स्वरुप स्थानिय  युवाहरुको सक्रियतामा हात्ती मारा नदि मा वसेको वस्ती तत्काल खाली गराउन उनीहरुले नगर प्रमुख संग आग्रह गरेका छन् । हेर्दा , हेर्दै हात्ती मारा खोलाको अस्तीत्व सकियो । खोला वग्ने ठाउमा अहिले कङक्रीतका ठुला , ठुला घर वनेकाछन् । हात्ती मारा खोला , खोली अभियानका राहुल यादवले भने । हात्ती समेत डुवेर मरेको अभियन्ता ले खोलाको नाम कालान्तरमा हात्ती मारा हुन गएको थियो । वाहै्र महिना पानि वगीरहने नदी को गहिराई समेत निकै धेरै भएकोले स्थानिय पौडी खेल्न जाने गर्थे । गाईघाट वजार विस्तार संगै कतिवेला हात्ती मारा खोला समेत अतिक्रमण को चपेटामा पर्याे भन्ने वारे कसैले थाहा नपाएको यादवले वताए । उनले भुमाफियाले मालपोतका कर्मचारी संग मिलिमतो गरी नदीको जग्गा आफ्नो नाम मा ल्याएर विक्री गरीसकेको सुन्नमा आएको वताए । हामिले चासो देखाएर जनप्रतिनिधि हरु लाई खवरदारी गरीसकेको छ । अव उनीहरुले चाडो भन्दा चाडो खोजी गर्न पर्याे । ”उनले भने । उनले हामिहरुको यो अभियानमा सवै वाट सहयोगको उपेक्षा गरेको वताए । त्रियुगा नगरपालिका वडा न १२ का पुर्व वडाअध्यक्ष जय विक्रम राई ले भुमाफियाहरुले कर्मचारी संगको मिलिमतोमा नदीको जग्गा आफ्नो नाममा ल्याएर विक्री गरीसकेकोले उक्त कार्यमा संलग्न व्यत्तीहरुको खोजी गरेर कार्यवाहीको दायरामा ल्याउनु पर्ने वताए । अहिलेको जनप्रतिधि वाट सवै कुरा को खोजी गरी यथार्थ कुराहरु वाहिर ल्याउनु पर्याे ’उनले भने । नदि विक्री गर्ने कार्यमा को , को संलग्नछन् । कसरी व्यत्तीको नाममा जग्गा दर्ता गरीयो । त्यो सवै खोजी तत्काल गरीनु पर्ने भन्ने वताए । त्रियुगा नगरपालिकाका मेयर वसन्त वस्नेतले नदि अतिक्रमण गरीएको वारेमा तत्काल खोजी कार्य गरीने वताए । ‘ म केटा , केटी हुदा हात्ती मारा खुव पौडी खेल्न जान्थ्ये । तर अहिले त्यो , ठाउमा नदि नभएर ठुला , ठुला घर वनेको खेखिएको छ । ’उनले भने हेर्दा , हेर्दै नदिको अस्तीत्व नै समाप्त गरीएछ । उनले अव तत्काल कर्मचारी परिचालन गरेर सवै कुरा खोजीने र नदि लाई पुरानै अवस्थामा ल्याइने वताए ।p

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.