Websoft University

सुन्दरहरैँचामा पहिलो पल्ट अन्तराष्ट्रिय खेल बुद्धिचाल प्रतियोगिता सुरु


मोरङ | रातो तारा डट कम,सुन्दरहरैँचामा पहिलो पल्ट  विराट खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियाेगिता सुरु भएकाे छ । विराट चेस क्लव सुन्दरहरैँचाकाे आयाेजनामा भएकाे खेलमा नेपाल सहित भारत र बङ्गलादेशका १ सय २० खेलाडिले भाग लिने छन् ।

आजबाट सुरु भएकाे  ४ लाख ६० हजार राशी पुरस्कार रहेकाे अन्तराष्टिय स्तरकाे प्रतियाेगिता पहिलाे पटक आयाेजना भएकाे आयाेजकले बताएकाे छ।सुन्दरहरै‌चा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले खेलकाे उद्घाटन गर्दै यस क्षेत्रकाे विकास पर्यटन प्रबर्धनमा टेवा पुग्ने बताए । उनले कमै मात्रामा हुने याे प्रकारकाे खेलमा बालबालिकालाई सहभागि गराउनसके उनीहरुकाे बाैदिक विकास हुने बताए ।प्रतियाेगिता  सुइस लिग अन्तर्गत नाै राउण्डमा हुने  प्रमुख आर्बिटर भुपेन्द्र निराैलाले बताए ।नेपालकाे चेस खेलकाे विकास र  खेलाडि उत्पादनमा समेत सहयाेग पुग्ने उनले बताए । 

प्रतियाेगितामा प्रथम हुने खेलाडिलाई १ लाख नगद सहित ट्रफि प्रदान गरिने छ । यस्तै  दाेस्राे हुनेले ७० हजार तेस्राे हुनेले ५० हजार र चाैथाे हुनेले ३० हजार सहित ट्रफि हात पार्ने खेल सम्याेजक लक्ष्मि श्रेष्ठले बताए ।खेल अवधिभरि बिभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने समेत उनले बताए । त्याे राशि ५ हजार भन्दा माथि राखिएकाे बताइएकाे छ । सुन्दरहरैँचा १० स्थित पानस पार्टी प्यालेसमा सुरु भएकाे  खेल आगामी ८ गते सम्म चल्ने छ ।  उद्घाटन कार्यक्रमकाे सभापतित्व क्लवका अध्यक्ष देबेन्द्र काफ्लेले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.