Websoft University

सुन्दरहरैचा नगरपालिका वार्ड नं ११ को वडा कार्यालय भवन शिलान्यास, आजै बाट निर्माण कार्य सुरु


शिव भट्टराई,भदौ २९ गते बुधवार,| रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ११ को वडा कार्यालय भवनको एक कार्यक्रमका बिच आज शिलन्यास गरिएको छ । सुन्दरहरैचा स्थित कर्रजुनामा व्यवस्थापन गरिएको जग्गामा नगर प्रमुख केदार प्रसाद गुरागाईले वडा कार्यालय भवन शिलान्यास गरेका छन्।

शिलान्यास पछि नगर प्रमुख गुरागाईंले निर्माण व्यवसायीहरुलाई सम्झौताको अनुसार गुणस्तरीय साथै समय सिमा भित्र सम्पन्न हुने गरी सहजीकरण गर्न अनुरोध गरेका छन्। यस भवन निर्माणको लागि सिद्धार्थ निर्माण सेवा धनुषाले जिम्मेवारी लिएको र आवश्यकता अनुसारको जनशक्तिलाई आजै देखि निर्माणमा संलग्न गराउन अनुरोध गरेका छन्।


सामाजिक दायित्व पूरा गरी स्थानीयवासीको लागि सेवा उपलब्ध होस् भन्ने उदेश्यले पाथीभरा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्राइभेट लिमिटेड र आर एन जी ग्रुपले संयुक्त रुपमा वार्ड कार्यालय निर्माणका लागि जग्गा दान दिएको पाथीभरा कन्स्ट्रक्सनका अध्यक्ष उमेश खतिवडाले बताए।

शिलान्यास गर्ने क्रममा सुन्दरहरैंचा वार्ड नं ११ का वडाध्यक्ष बिशनलाल चौधरीले २ कठ्ठा १० धुर जग्गामा २ तला र १२ कोठा भएको अन्दाजी ८० लाख उनानब्बे हजार लागतमा पुस मसान्त सम्म कार्यालय भवन निर्माण कार्य सम्पन्न हुने भएको बताउँदै यस वडा कार्यालय निर्माणका लागि अन्दाजी १ करोड बराबरको जग्गा प्रदान  गरेर कार्यालय निर्माणका लागि सहयोग गर्ने जग्गादातालाई धन्यवाद व्यक्त गरेका थिए ।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता साथै वार्ड नं १२ का वडाध्यक्ष रोशन प्रसाद ढकाल,वार्ड नं ८ का वडाध्यक्ष खेम न्यौपाने, जनप्रतिनिधि, राजनीतिक, सामाजिक व्यक्तित्व साथै स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.