Websoft University

प्रदेशसभा सदस्यमा कांग्रेस युवा नेता गिरीको दाबी


विराटनगर | रातो तारा डट कम, नेपाली कांग्रेसका युवा नेता डिल्लीराम गिरीले कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ४ (क) को सदस्यका लागि दाबी प्रस्तुत गरेका छन् ।

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनमा प्रदेश सदस्यका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी प्रस्तुत गरेका हुन् । विगत २५ वर्षभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय गिरी हाल कांग्रेसको महासमिति सदस्य हुन् ।

केन्द्रीय बालकल्याण समितिका पूर्वअध्यक्षसमेत रहेका गिरी समाजसेवामा समेत सक्रिय छन् । एकीकृत हातेमालो समाजलगायत एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध गिरीले भने, “पार्टीले टिकट दिनेमा म ढुक्क छु र जित्ने पनि छु । प्रदेश सदस्य भएर प्रदेशको विकास र समृद्धिमा आफ्नो योग्यता र क्षमताको प्रयोग गरौं भन्ने मेरो उद्देश्य हो ।” नेपालमा आफूजस्ता धेरै व्यक्तिहरु अवसर नपाएर बसिरहेको उनको भनाइ थियो ।

बेलबारी–७ बाहुनी निवासी गिरीले आफ्नो क्षेत्रमा बालबालिका र ज्येष्ठ नागरिकका लागिसमेत काम गर्दै आएका छन् । उनले ५ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै ज्येष्ठ नागरिकका लागि बाहुनीमा ज्येष्ठ नागरिक दिवा सेवा भवन निर्माणमा समेत योगदान पु¥याएका छन् । गिरी कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका कार्यबाहक अध्यक्षका साथै बालबालिकाहरुका लागि गैरसरकारी संस्था महासंघ नेपालको उपाध्यक्षको जिम्मेवारीमा छन् । तीनै तहको सरकारसँग समन्वय गरी गिरीले आफ्नो क्षेत्रमा सडक निर्माणका लागि पहल गर्दै आएका छन् । “जनताकै काममा मेरो अधिकांश समय व्यतीत भइरहेको छ,” उनले थपे, “अपाङ्ग, बालबालिका र ज्येष्ठ नागरिकका लागि मैले आफ्नो क्षेत्रमा कति काम गरेको छु भनेर हेर्न र बुझ्न सक्नुहुनेछ ।”

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.