Websoft University

बजार अनुगमन

 


पोखरा | रातो तारा डट कम,  पोखरा महानगरपालिकाको बजार अनुगमन अन्तर्गत आज खाद्य सामग्रीको अनुगमन  गरेको छ । पोखरा महानगर वडा नम्बर १७ का तीन खाद्य स्टोर्समा अनुगमन गरेको हो ।अनुगमनमा लेवल नभएका, म्याद कटेका र पसल नवीकरण नभएको फेला परेको थियो । छोरेपाटनमा रहेको एबीसि स्टोर्सबाट म्याद कटेका ६२९० रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरेको छ ।

कोसेलि तेल १० लिटर, जोन्सन एण्ड जोन्सन लोसन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान, पोका पाउडर ५ थान  नष्ट गरिएको महानगर अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिनुभयो ।

पोखरा महानगरका कार्यवाहक प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पोखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेल, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला सहभागी हुनुहुन्थ्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.