Websoft University

प्रहरीलाई मोटरसाईकल हस्तान्तरण


बिराटनगर, असोज ५ गते ।रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई १ नम्बर प्रदेश सरकारले मोटरसाईकल हस्तान्तरण गरेको छ । आज दिउसो माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज कम्पनिको ६ वटा डोमिनार मोटर साईकल हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्नु हुदै प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश सरकारबाट प्राप्त भएको ६ वटा मोटरसाईल प्रदेश प्रहरी कार्यालयले ट्राफिक ब्यवस्थापन, सवारी दुर्घटना न्युनिकरण तथा भिआईपिहरुको स्कर्टिङको लागि प्रयोग गरिने बताउनु भयो । प्रदेश सरकारबाट प्राप्त भएको उक्त मोटरसाईकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीलाई उपलब्ध गराएको छ ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका भावि योजनाहरु समेतको प्रस्तुतिकरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयकापदाधिकारी तथा पत्रकारहरुको समेत उपस्थितिरहेकोथियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.