बिराटनगर, २०७९ असोज ५ गते । सुनसरी र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार साँझ भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी-९ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नम्बर १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बिपरित दिशाबाट आउदै गरेका पैदल यात्री ईटहरी ५ का ८२ बर्षीय उमाकान्त भण्डारीलाई ठक्कर दिंदा घाईते भएका भण्डारीको उपचारको क्रममा बिराटनगरको न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी ईटहरीले जनाएको छ । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा १४ च ९१०८ नंम्बरको कार आफै अनियन्त्रित भई सडक छेउको बरको रुखमा ठोक्किदा घाइते भएका कार चालक सप्तरी लेगडा-५ का ४४ बर्षीय बलराम यादव र ईटहरी-१० की ३० बर्षीया गिता चौधरीको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको तथा सोही कारमा सवार रहेका अन्य ४ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटना ३ जनाको मृत्यु

Post a Comment