Websoft University

भोट माग्दै जन्मथलो झापा पुगे 'मेरो डान्स कप' र 'मेरो भ्वाइस कप'का फाइनल प्रतिष्पर्धीहरु


इटहरी साउन २३ गते | रातो तारा डट कम, इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस कप युएसए’ सिजन २ र ‘मेरो डान्स कप युएसए’ सिजन ४ का प्रतिष्पर्धीलाई होम भिजिट तथा आफ्नो जन्मथलो जिल्ला झापा ल्याइएको छ । फाउन्डेशनले मेरो डान्स कप ४ र मेरो भ्वाइस कप २ का १२ जनालाई शनिबार झापाको बेलडाँगीमा रहेको शरणार्थी शिविरमा ल्याइएको हो । उनीहरुलाई आफ्नो पूरानो स्थानमा भेटघाट, सास्कृतिक कार्यक्रममा सहभागी तथा भोट अपिलका लागि ल्याइएको हो । 



बेलडाँगी सरणार्थी शिविरमा संचालन गरिएको 'चाइल्ड केयर'को २५ औ वार्षिकोत्सवको अवसर पारेर बेलडाँगी शरणार्थी शिविरमा सास्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा डान्स कप र भ्वाइस कपका फाइनलिष्टहरुले मंचबाट भोट अपिल गरेका थिए ।

फाइनलिष्टहरु झापामा रहेका शिविरमा जन्मिएर बर्षौदेखी अमेरिका गएका कारण पुराना यादहरु ताजगी, भोट अपिल तथा आफन्त भेटघाटका लागि ल्याइएको भ्वाइस र डान्स कपका म्यानेजिङ डिरेक्टर रुद्र बानियाले जानकारी गराए । उनका अनुसार अब नेपालको सम्पुर्ण एपिसोडहरुको छायांकन सकिएको र अब फाइनलको लागि अमेरिका नै फर्किनु पर्ने भएका कारण पनि प्रतिष्पर्धीहरुलाई आफ्नो जन्मथलो ल्याइएको हो । 

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सुत्रमा बाध्ने र उनीहरुलाई नेपाली कला, भाषा र सस्कृतीको प्रवर्द्धन गर्नलाई पनि यस्ता कार्यक्रमको आयोजना गरिएको इन्ट्राका नेपाल अध्यक्ष तथा अभिनेता दिलिप रायमाझीले जानकारी गराए । भ्वाइस र डान्स कपको फाइनल कार्यक्रम अगष्ट १३ मा अमेरिकाको कोलम्बसमा हुने बानियाँले जानकारी गराए । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहार पाउने ब्यवस्था मिलाइएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.