Websoft University

रोकेर राखेको ३ गाडीमा तोडफोड


पोखरा साउन २२ गते | रातो तारा डट कम, पोखरामा गएराति रोकेर राखेको ३ गाडीमा तोडफोड भएको छ | पोखरा महानगर पालीका वडा न ३ कन्या मार्गमा रोकेर राखेको २ वटा प्राइभेट कार र एक पिकअप भ्यानमा तोड फोड भएको हो ।

पाण्डे सप्लायर्सका दयाराम पाण्डे मर्नीङ वाकमा निस्कन लागेको बेलामा आफ्नो गाडी राखेको ठाउबाट १० मिटर तल गाडी देखेर हेर्दा सबै सिसा फुटेको देखेपछि प्रहरीलाई फोन गरेको बताउछन उनको पिकअप भ्यान फोडीएको छ तर भएको चेक र विलबुक लाइसन केहीपनि लिएर गएको छैन  ।   

त्यस्तै अर्को सेन्ट्रो गाडीको भने गाडीमा भएको सीसी क्यामरा लिएर गएको छ  ।  नदीपुर प्रहरी विट बाट लगभग २०० मिटर नजीक ३ गाडी फोडीएको हो सुरक्षा व्यवस्थालाई नै चुनौती दीने गरी पोखरामा एक पछि अर्को घटना हुदै आइरहेको छ  ।   केही समय पहिला एन एमवि वैंकको एटीएम फोडेको चोर  जिल्ला प्रहरी  कास्कीले समात्न सकीरहेको छैन त्यस लगत्तै नदीपुरमा भएको गाडी फोडीएको घटनापनि स्थानिय चोरी गर्ने नियत ले फोडीएको बताइरहेका छन । पर्यटकीय नगरी पोखरामा यस्तो कालको घटना घट्नुले स्थानियहरु त्रसीत छन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.