Websoft University

दुबई उड्न लागेका एक भारतीय नागरिक विभिन्न देशका अवैध मुद्रासहित पक्राउ


काठमाडौं  साउन २२ गते । रातो तारा डट कम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उड्न लागेका एक भारतीय नागरिक विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् ।

भारतीय नागरिक ४३ वर्षीय अंकुर घनसेलाई मापदण्डभन्दा बढी पैसा बोकेको पाइएपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका घनसेको साथबाट ३ हजार ६ सय अमेरिकी डलर, २ हजार एक सय ३० पाउन्ड स्टर्लिङ, ३ हजार २ सय युरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याली स्टर्लिङ बरामद भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.