Websoft University

अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने


इटहरी । रातो तारा डट कम, इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । श्रावण २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन ।

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । । पौडेलका अनुसार प्रतियोगिताका उत्कृष्ट ३५ खेलाडीहरुलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।

पौडेलले प्रतियोगिता आयोजनाको मुख्य उदेश्य भनेको सुनसरी जिल्लामा विद्यालय स्तरबाटै क्रिकेट खेलाडीहरु उत्पादन गर्नु रहेको बताए । उनले भने, यो प्रतियोगिता मात्र नभएर विद्यालय स्तरका खेलाडीहरुको छनोट पनि हो  । प्रतियोगिता नेपालकै दोस्रो इन्डोर क्रिकेट हल इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा हुनेछ । प्रतियोगिताका लागि सम्बन्धित विद्यालयले आफ्नो टोली दर्ता गर्ने समय अवधि २० गतेसम्म रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.