Websoft University

२ जना फरार प्रतिबादी पक्राउ


विराटनगर, २०७९ श्रावण १९ गते । बहुबिबाह मुद्धा र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बहुबिबाह मुद्धाका सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. २ बस्ने ३६ बर्षीय सुशिल पोदार र सवारी ज्यान मुद्धाका सुनसरी धरान उप(महानगरपालिका वडा नं। २० देबिगाउ बस्ने २८ बर्षीय रामसरण राई रहेका छन् । उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर ९च्क्ष्त्० बाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाईएको छ । प्रतिवादी शुशिल पोदार भएको बहुबिबाह मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।०३। ०१ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र रु।१५,०००र( ९पन्ध्र हजार० जरीवाना भई लगत नं। ६३६ मा कैद तथा जरीवाना र प्रतिवादी रामसरण राई भएको सवारी ज्यान मुद्धामा सम्मानित मोरङ  जिल्ला अदालतको मिति २०७८।०९।२८ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र रु।२,०००र( (दुई हजार) जरीवाना भई लगत नं। १६३६मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिबादी थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.