Websoft University

तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्प फायर सम्पन्न


बिराटनगर | रातो तरा डट कम,विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्प फायर सम्पन्न भएको छ ।  शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्प फायरको आयोजना गरिएको हो । क्याम्प फायरका तस्बिरहरू हेरौँ ।

.नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सम्पन्न बस्तीमा क्याम्प जारी रहेको छ । विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा क्याम्प सञ्चालन गरिएको हो ।

क्याम्प फायर कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले क्याम्प फायरले आफूभित्रका डर तथा त्रासलाई हराई म केही गर्न सक्छु भन्ने जोस पैदा गर्ने बताए ।

क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरू, शिक्षक, रोबर–रेन्जर लगायतले सहभागिता जनाएका छन् । विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन् । क्याम्पको आइतबार(आज) समापन गरिने आयोजक समितिले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.