Websoft University

मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा - प्राध्यापक र कर्मचारी पुरस्कृत


बिराटनगर  २०७९ साउन १६ गते। सोमवार । रातो तारा डट कम,  विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा सोमबार उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापकत्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कणर् र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत  सम्मानित भएका हुन् ।

 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना, त्रिवि प्राध्यापक संघ  क्याम्पस एकाईका सभापति डा प्रमोद खेरवार, सहायक क्याम्पस प्रमुख डा सुशील अधिकारीले उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई नगद, सम्मानपत्रसहित दोसल्ला र माला लगाएर सम्मान गरेका थिए ।
उत्कृष्ट प्राध्यापकको रुपमा छनोट भएका महेन्द्र नारायण कणर् घरायसी कारणले अनुपस्थित भएकाले उनको सम्मान पछि हस्तान्तरण गरिने जनाइएको छ ।
 



सम्मान कार्यक्रममा पूविका उपकुलपति प्राडा यादवराज कोइरालाले महेन्द्र मोरङ क्याम्पसले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि धेरै सम्भावना बोकेको संस्था भएकोले अब एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।
सो अवसरमा पुरस्कृत प्राध्यापक डा देवेन्द्र अधिकारी, सहायकप्रमुखद्वय डा विष्णुदेव दास र डिल्ली पोखरेल, प्राडा राजनारायण यादव, त्रिवि कर्मचारी संघका एकाई अध्यक्ष अनिल यादव, राधा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।तस्वीरहरु छ  
विस्तृत विवरणका लागि
क्याम्पस प्रमुख   डा बाबुराम तिमल्सिना ९८४२०८१२०३
सहायक प्रमुख डा सुशील अधिकारी ९८४२बबब०२३९५८
कर्मचारी अधिकृत दीपेन्द्र मण्डल ९८६२२०२६२१

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.