Websoft University

मिलिजुलीको साकोसको पहिलो सेवा केन्द्र मृगौलियामा उद्धघाटन


मोरङ साउन १६ गते सोमवार । रातो तारा डट कम,सुन्दरहरैंचा नगरपालिका वडा १ मा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो सेवा केन्द्र मृगौलियामा बिस्तार गरेको छ।सोही नगरपालिकाको वडा -२ को वडा कार्यालय नजिकै पुर्वतिर सेवा केन्द्रको उद्घाटन प्रदेश १ सहकारी रजिस्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालयका रजिष्टार हरी बहादुर खत्रीले उद्घाटन गरे।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै केही सहकारीमा ब्यबस्थापनमा भएको फटाइका कारण ठगि हुने र त्यस तर्फ सदस्यमा पुजी डुब्ने भय सृजना हुने तर्फ मध्यनजर गर्दै नियमन र निगरानीमा चासो रहने बताए। देशभर करिब ३० हजार भन्दा बढी सहकारी संस्था रहेको बताउदै कृषिमा आधारित अर्थतन्त्र कृषि क्षेत्रमा र मुलुकको गरिबी न्यूनीकरण अभियानमा सहकारीको भूमिका खेलेको बताए।


मोरङकै अब्बल सहकारी मध्ये एक मिलिजुली साकोसको २१ बर्ष अघि स्थापना भएको हो। विभिन्न किसिमका ब्याज सुविधासहित सदस्यहरुको निक्षेप स्वीकार्ने र आवश्यकता र क्षमताका आधारमा कर्जा प्रवाह गरी व्यवसाय सञ्चालनमा सहयोग गरिरहेको छ। १८ करोड कुल लगानी , १ हजार १ सय भन्दा बढि सेयर सदस्य रहेको सहकारीले सदस्यमा निर्भर रहेर काम गर्दै आएको छ।सफटवेयर सहित पुर्ण बैकिङ्गयुक्त सेवा तथा मोबाइल बैकिङ्ग सेवा समेत दिने साकोसका अध्यक्ष रुद्र थापाले बताए। पहिलो सेवा केन्द्रको रुपमा मृगौलियालाई लिएको हो। निकट भविष्यमा बाहुनी , तेतरियामा  समेत सेवा कार्यालय स्थापना गर्ने बताए।

कार्यक्रममा सहभागी भएका सो वडाका अध्यक्ष बिबस प्रधानले मिलिजुली साकोस वित्तीय सुशासनमा अत्यन्त प्रशंसनीय रहेको चर्चा गरे । सहकारीका मूल्य, सिद्धान्त र विधि प्रविधिमा समेत साकोस अब्बल रहेको प्रति लभली एन्जल्स सेकेण्डरी स्कुलका प्रिन्सिपल मनोज रेग्मीले तर्क प्रस्तुत गरे।बि.स २०५८ सालमा ३६ जनाबाट बहूउदेश्यिय सहकारी संस्थाको रुपमा स्थापना भएको मिलिजुली साकोस पछि कारोबार र बचत निक्षेप संकल वृद्धि हुदै जादा बिधान संसोधन गर्दै बचत तथा ऋण सहकारीमा रुपान्तरण गरिएको हो । हाल ३ करोड  भन्दा बढी कुल पुजी रहेको छ।  साकोसको सेवा केन्द्र उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजिबी , समाजसेबी लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.